Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी सत्यवती बम्घाकोट मन्दिरमा प्रवेशद्वार,मौलो तथा बाटो बनाएर हस्तान्तरण

गुल्मी सत्यवती बम्घाकोट मन्दिरमा प्रवेशद्वार,मौलो तथा बाटो बनाएर हस्तान्तरण

  • 5.0K
    SHARES

  • गुल्मी सत्यवती बम्घाकोट मन्दिरमा प्रवेशद्वार,मौलो तथा बाटो बनाएर हस्तान्तरण

    बुटवल,फागुन १६ ।

    गुल्मी जुनियाँ चिदिपानी तराई सम्पर्क समाजद्वारा सत्यवती ७ चिदिपानीमा रहेको बम्घाकोट मन्दिरमा प्रवेशद्वार मौलो तथा बाटो बनाएर हस्तान्तरण गरेको छ ।

    समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा बिभिन्न रचनात्मक काम गरिरहेको समाजका संस्थापक अध्यक्ष खडक बहादुर शाहीले बताउनुभयो ।शाहीको नेतृत्वमा मन्दीरमा मौलो, बाटो, प्रवेशद्वार बनाएर मन्दीर समीतिलाई  प्रदान गरिएको हो ।

    समाजका संस्थापक अध्यक्ष खडक बहादुर शाहीको अध्यक्षता तथा सत्यवती(वडा ७ का वडाध्यक्ष लोकबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।सो अबसरमा बोल्दै शाहीले समाजमा रचनात्मक कामहरु गरिरहेने बताउनुभयो । उहाँले भ्यु प्वाइन्ट बृक्षारोपण रक्तदान लगायतका काम यसअघि नै गरिसकेको बताउनुभयो ।

    सो अबसरमा बोल्दै सत्यवती वडा ७ न का वडाध्यक्ष लोकबहादुर बुढाथोकीले समाजले गरेको कामको प्रशंसा गर्नुभयो ।
    कार्यक्रममा कुम बहादुर शाही गीरी प्रसाद आले, निरंजन थापा,सुरज क्षेत्री  , मन्दीर समीति सचिव विष्णु हमाल ठकुरी लगायतले बोलेका थिए । सो अबसरमा मन्दीर कोषमा ३ लाख १४ हजार ५ सय संकलन गरेर  राखिदिरको छ।mandir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology