बुटवल,फागुन १६ ।
नव जीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ स्थापना दिवसको अवसर पारी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नव जीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमा शाखा रूपन्देहीको संयुुक्त आयोजनामा सम्पन्न भएको हो ।
सहकारीको स्थापना दिवसको अवसर पारी टोल सरसफाइ कार्यक्रम पनि भएको हो । उक्त कार्यक्रममा ४१ प्वाइन्ट रगत संकलन भएको नेपाल स्वयमसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाकी सचिव अन्जु पौडेलले जानकारी गराइन् । कार्यक्रमको संम्योजन सहकारिका शिक्षा शाखा समिति का सम्योजक गोविन्द भुषालले गरेका थिए ।
नारायण पाठकको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य सहकारिका उपाध्यक्ष मित्र बन्धु पाठकले गरेका थिए भने कार्यक्रम सञ्चालन सहकारीका व्यवस्थापक विमल पाठकले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)