Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा मगर समुदायले मनाए ४१ औँ मगर दिवस

रुपन्देहीमा मगर समुदायले मनाए ४१ औँ मगर दिवस

  • 1.5K
    SHARES

  • रुपन्देहीमा मगर समुदायले मनाए ४१ औँ मगर दिवस

    बुटवल,फागुन १६ । 

    मगर समुदायले साेमबार ४१ औँ मगर दिवस धुमधामका साथ देशभर  मनाएका छन् । २०३९ साल फागुन १५ मा पहिलो पटक तनहुंमा मगर समुदाय एकताबद्ध भएको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

    मगर दिवसकै अवसरमा रुपन्देहीमा  पनि मगर समुदायले धुमधामका साथ मगर दिवस मनाएका छन ।  सोमबार मगर समुदायले आफ्नो भेषभुषामा सजिएर बुटवलको लखन चोक चौराहाबाट ¥याली निकाल्दै बिभिन्न स्थानहरुको परिक्रमा गर्दै बाजेबजै थानमा पुगेर कार्यक्रमको आयोजना गरेका थिए  । 

    परम्परागत कुण्डलेघर, बाटुलेघर, घुमाउनेघर जस्ता लोपोन्मुख झाँकीहरु सहित निस्केको मगर ¥यालीमा मगर भेषभुसामा सजिएका सयौं युवा युवतीहरु कार्यक्रममा एक साथ सहभागि भएर नाचगान गर्दै मनाएका  हुन ।

    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिको उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा भेषभुषा ,भषा , संस्कृतिको संरक्षणसँगै मगर  दिवसलाई मुख्य पर्वको रुपमा मनाएको उनिहरुले बताएका छन ।

    सो अवसरमा बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर ,थारु र नेवार समुदायको भाषा संरक्षणको लागि नगरले पहल गरेको बताउनु भयो । नेपाली भाषा सहित मगर , थारु नेवारी भाषाको वडा पत्र नगरमा राख्ने तयारी भईरहेको जानकारी दिनुभयो।

    रुपन्देही जिल्लामा पाल्पा ,गुल्मी , अर्घाखाँचीबाट बसाईसराई गरि आएका मगर समुदायको बसोबास रहेको छ । मगर संघ दिवस मनाई रहदा मगर समुदायले भने आफ्नो भाषा विर्सिर्दैैै गएको प्रति कार्यक्रममा बोल्ने बक्ताहरुले गुनाशो पोखेका थिए ।

    रुपन्देही जिल्लामा १ लाख भन्दा बढि मगर समुदायको बसोबास रहेको तथ्यांक छ । दिवसको अवसरमा रुपन्देहीका बुटवल , सैनामैना , तिलोत्तमा र देवदह नगरपालिकाले स्थानीय बिदा समेत थिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology