Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो ११३ औँ बार्षिक उत्सव

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो ११३ औँ बार्षिक उत्सव

  • 2.3K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालले मनायो ११३ औँ बार्षिक उत्सव

    बुटवल,फागुन १४ ।

    लुम्बिनी प्रदेशका स्वाथ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरुले बिरामीलाइ भरोसा दिलाउन सक्नेगरि उपचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १३ औ बार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्वपूर्ण अस्पताललाई विशिष्टकृत अस्पताल बनाउनुपर्ने बताउनुभयो ।

    सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना विशिष्टकृत अस्पताल बनाउने उहाँको भनाइ छ । गुरुयोजना अनुसार नै अस्पतालको स्तरोन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन दिनुभयो ।

    आर्थिक राजधानीको लागि अस्पताल कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुनुपर्ने धारणा राख्नुभयो  । उहाले भन्नुभयो–‘ यहाँ रिफर नै गर्न नपर्ने गरि उपचार सेवा हुनुपर्छ, सामान्यतया बाहिर पठाउन नपर्ने गरि बिकास गर्ने योजना हो, बिगतमा १३ अर्बको योजना थियो ,देशको राजनीतिक परिवर्तनले प्रभाव पार्यो।’ 

    उहाँले भन्नुभयो– ‘डाक्टर, नर्स,सरसफाइकर्मीसम्मले लय मिलाएर काम गरौं,बिरामीमा घरको रिस नपोखौं, सिमित साधनस्रोतको उच्चतम प्रयोग गरौँ ।’उहाँले अस्पतालको सन्दर्भमा निजि क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । ‘यहाँ मेडिकल टुरिजम बनाउन सकिन्छ ,खुलेर लगानी गर्नुस् सरकारले मात्रै लगानी गरेर हुदैन । ’ उहाँको भनाइ छ ।

    पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउँनुभयो ।
    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताउनुभयो  ।

    उहाँले सेवा प्रदायक संस्थामा बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहेने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताउनुभयो ।sammanit.jpg

    उहाँले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग समेत गर्नुभयो  । कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई ,नेकपा माओबादी केन्द्रका रुपन्देही इन्चार्ज निर्मल जिसी, पूर्व मेडिकल सुपरिटेन्टेन्ट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले अस्पतामा राजनीति गर्न नहुने बताउनुभयो ।

    सो  कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न प्रतियोगितामा उत्कृष्ट बनेका कर्मचारीहरुलाइ सम्मान समेत गरिएको थियो ।

    ४० लाख जनसंख्यालाई सेवा ,अस्पतालको इतिहास यस्तो छ :

    yubaraj sangharaula.jpg

    लुम्बिनी प्रादेशिक अस्पताल आफ्नो सेवाको ११३ औँ बर्षमा प्रबेश गरेको छ । यो अस्पताल आज भन्दा ११२ बर्ष पहिले स्थापन भएको हो ।

    तत्कालिन राण प्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवारमा (हालको पारि बुटवल फुलवारी पार्क) २ जना भारतीय चिकित्सक र ६ शैयाबाट शुरु भएकोमा वि.स.१९९८ सालमा रक्तसंचार गृह रकेको स्थान हुदै बुटवल उप–महानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।

    विभिन्न आरोह अवरोह पार गर्दै १०० बर्ष भन्दा बढि समय सम्म निरन्तर यो अस्पतालले विशेषज्ञहरुबाट स्तरीय छिटो, छरितो स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

    यस अस्पतालले साविकका लुम्बिनी अञ्चलका सबै जिल्ला लगायत स्याङ्जा,बाग्लुङ्ग, पर्वत, प्यूठान, रोल्पा, दाङ्ग लगायतका जिल्लाका बासिन्दा तथा महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्गमा ओहोर दोहोर गर्ने मानिसहरुलाई समेत विभिन्न किसिमका विशेषज्ञ सेवाहरु उपलब्ध गराउदै आएको छ । यस अस्पतालले यो प्रदेश तथा छिमेकी प्रदेशका जिल्लाहरुका करिब चालिस लाख जनसंख्यालाई सेवा उपलब्ध गराउदै आएको छ ।

    जनसंङ्ख्या वृद्धि, तिव्र बसाईसराई, नागरिकको स्वास्थ्य चेतनामा भएको वृद्धि, स्वास्थ्यको सहजता र सर्वसुलभता जस्ता कारणले यो अस्पतालमा विरामीको चाप थेग्नै नसकिने गरी बढ्न गएकोले अहिलेकै भौतिक संरचना, स्वास्थ्य उपकरण तथा जनशक्तिबाट स्तरीय तथा छिटो छरितो स्वास्थ्य सेवा प्रवाह गर्न कठिन छ।

    प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालाई प्रदेशकै विशिष्टीकृत अस्पतालको रुपमा रुपान्तरण गर्ने घोषणा गरिसकेको छ । प्रदेश सरकारको घोषण बमोजिम विशिष्टीकृत अस्पतालको रुपमा अगाडी बढाउन आवश्यक प्रकृया समेत अगाडी बढिसकेको छ ।

    प्रदेश सरकारको मुख्य योजनाको रुपमा अस्पताललाई विशिष्टकृत सेवा दिने स्तरको रुपमा विकास गर्न मुख्य भवन भएको ठाउमा १० तले ७०० वेड क्षमताको अत्याधुनिक भवनको निमार्ण कार्य अघि बढ्दै छ भने न्युनतम सेवा मापदण्डमा सेकेन्डरी बि अस्पतालहरुमा यस लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर नेपालमै प्रथम स्थान हासिल गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology