Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

    काठमाडाैँ,फागुन १५ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण रद्द भएको छ । प्रधानमन्त्री दाहालको फागुन १९ देखि २२ सम्मका लागि तय भएको कतार भ्रमणको कार्यक्रम आइतवार रद्द भएको हो । 

    प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए । राष्ट्रपतिको निर्वाचन लगायत राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

    राष्ट्रपतिको निर्वाचन तथा स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्रीको साटो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने तयारी रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology