बुटवल,मंसिर ९-
कोभिड १९ संक्रमणको स्वाब परिक्षणका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले भोली मंसिर १० गते देखि १२ गते दुई दिन सम्म सदरमुकाम तम्घास सहित रेसुङ्गा नगरपालिका बैंक तथा वित्तिय संस्थाहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
मंगलवार प्रशासनबाट जारि गरेको जरुरी सुचना पत्रमा रेसुङ्गा नगरपालिका भित्र बढि भिडभाड हुने क्षेत्रका ब्यक्तिहरुको रन्डोम सिम्पलिङ्ग गरि पिसिआर परिक्षण गर्ने भनि मंसिर ४ गते जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्रले ( डिसिसिएमसी ) गुल्मीले गरेको निर्णय बमोजिम बैंक तथा वित्तिय संस्थाका ब्यक्तिहरुको स्वाब लिने कार्य भई रहेको उल्लेख छ ।
त्यस कार्यका लागि भोली देखि रेसुङ्गा नगरपालिका भित्रका बैक तथा वित्तिय संस्थाहरु पुर्णरुपममा बन्द गरिनु परेको जानकारी गराईएको छ । त्यस्तै परिक्षण गरिएके रिर्पोट पोजेटिभ आएको ब्यक्तीहरु आ–आफ्नो होम क्वारेन्टाईनमा सुरक्षित भएर बस्न अनुरोध गरिएको छ ।
यदि स्वाब दिएका ब्यक्ति र रिर्पोट पोजेटिभ आएको ब्यक्तिहरु जथाभावी हिड्डुल गरेमा संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्धारा हस्ताक्षरित सुचना पत्रमा चेतावानी समेत दिईएको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)