Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको भेटघाट तथा बनभोज कार्यक्रम

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको भेटघाट तथा बनभोज कार्यक्रम

  • 3.3K
    SHARES

  • गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको भेटघाट तथा बनभोज कार्यक्रम

    बुटवल,फागुन १४ ।

    गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा नेपाल सरकारका पुर्व उपसचिव देबेन्द्रबहादुर कार्की, तिलोत्तमा नगरपालिका वडा नं ३ का अध्यक्ष कल्याण पौडेल, वडा नं ४ का  हरि वहादुर क्षेत्री,  वडा नं ६का अध्यक्ष गणेश पाठक, वडा नं २ का सदस्य डोल बहादुर थापाकाे उपस्थिति रहेको  थियो।

    नगर प्रमुख खाँणले सस्थालाई तिलोत्तमा ले हरेक कार्यक्रममा सहयोग गरि सस्थालाई जग्गा प्रदान गर्नको लागि पनि सहजिकरण गर्ने वताउनुभयो ।

    वाड नं ३का अध्यक्ष कल्याण पौडेल पनि सस्थाको विकासमा वडा को पनि साथ रहने बताउनुभयो। वनभोजको अवसरमा घैँटो फोर , सियोमा धागो , चियर रेस , तथा  सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको वनभोज कार्यक्रम संयोजक काजीमान टण्डनले बताए ।

    घैटों फोर प्रतियोगितामा संस्थाका आजिवन सदस्य भानु खत्री प्रथम हुनु भएको थियो । सियो धागो खेलमा १५  जनाको सहभागिता रहेको उक्त खेलबाट प्रथम धन बहादुर थापाको जोडी, दृतियामा वाड न ७ का वडा संयोजक राजेश के सीको जोड़ी, चियर रेस खेलमा ३२ जनाको सहभागिता रहेकामा उक्त खेलबाट प्रथम स्थान समुन्द्र थापा र दृतियामा अनु रिजाल हुनुभएको थियो।तेस्रोमा चारपाला रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा खेल सम्योजक ढवल वहादुर कार्की रहनु भएको थियो ।

    यस्तै वनभोज कार्यक्रम मा लोक तथा दोहोरी गायक नारायण विपि परियार र विष्णु सिरपालिले गित गाएर चारपालावासीहरुलाई नचाँउनु भएको थियो । कार्यक्रममाँ नित्य प्रस्तुत गर्ने पिन्सा कार्की , एजिस्ना पौडेल,एलिना केसी लाई पनि पुरस्कार प्रदान गरिएको थियो।

    कार्यक्रममा निवर्तमान अध्यक्ष  तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि लगायतको उपस्थिती थियो । यसैगरी समाजका आजीबन सदस्य सहित ३ सय जनाको सहभागिता रहेको थियो।

    रुपन्देही सम्पर्क समाजमा वाड नं ७ का संयोजक राजेश केसीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सचिव विकास टण्डनले संचालन गर्नु भएको थियो।

    संस्थालाई कमला थापा,मानसिंह सोमई ,राधिका सोमईले सबैले नगद ५ हजार ५५ का दरले सहयोग प्रदान गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology