Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यु लाइट कलेजमा पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम 

न्यु लाइट कलेजमा पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम 

  • 1.3K
    SHARES

  • न्यु लाइट कलेजमा पुरस्कार तथा छात्रवृत्ति  वितरण कार्यक्रम 

    झविन्द्र देवकोटा /बुटवल,फागुन १३ ।

    रुपन्देहीको तिलोत्तमा शंकनगरमा रहेको न्यु लाइट कलेजमा पुरस्कार वितरण, खाना महोत्सव तथा छात्रवृति वितरण कार्यक्रम भएको छ ।

    शनिबार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीले खाना महोत्सव गरेका थिए भने विद्यालयले पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम गरेको हो ।

    कार्यक्रममा कलेजले स्नातकतहमा अध्ययन गर्ने गरिव तथा जेहन्दार १३ जना विद्यार्थीहरुलाई छात्रवृति तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

    कलेज ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति वितरण गर्दै संघीय सांसद बासुदेव घिमिरेले डिजिटल युग अनुसारको शैक्षिक गतिविधीलाई शिक्षालयहरुमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले मुलुकमा नयाँ शैक्षिक ऐनको खाँचो रहेको बताउँदै शिक्षा ऐन समयानुकुल नभएकाले गुठी लगायतका क्षेत्रबाट संचालन भएका विद्यालयको अवस्था जटिल हुँदै गएको बताउनुभयो ।

    उहाँले गुठीका कारण संचालनमा समस्या भएका शिक्षालयको सुधारका लागि शिक्षा ऐन सुधारका लागि आफुले पहल गर्ने आवश्वासन पनि सोही अवसरमा दिनुभयो । कार्यक्रममा कलेज प्रमुख  रमेश ज्ञवालीले दक्ष शैक्षिक जनशक्ति उत्पादनमा न्यु लाईटले नयाँ र सीपमुलक तथा ब्यवहारिक शैक्षिक गतिविधीलाई जोड दिएको बताउनुभयो ।

    कलेजले वार्षिक कार्यतालिका अनुसार एकसाता अगाडिदेखि सप्ताहब्यापी खेलकुद कार्यक्रम लगायतका अतिरिक्त कृयाकलापहरु गर्दै आएको कलेजका शैक्षिक निर्देशक राजेन्द्र कुँवरले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रमको अवसर पारी कलेजले खेलकुद तथा शैक्षिक पुरस्कार वितरण, विद्यार्थीद्वारा खाना महोत्सव, खुल्ला नृत्य प्रतियोगिता लगायतका कार्यक्रम गरेको शैक्षिक निर्देशक कुँवरले जानकारी दिनुभयो ।

    ११, १२ सँगै स्नातक तहमा शिक्षा तथा ब्यवस्थापन संकायमा अध्ययापन गराउँदै आएको न्यु लाईटमा एक हजार ४९ विद्यार्थीहरुले अध्ययन गर्ने गरेको लेखा प्रमुख रविन शाक्यले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology