Logo बिहिवार, आश्विन १ गते २०८३
images

एभरेष्टमा अंग्रेजी भाषाको वक्तृत्वकला प्रतियोगिता

एभरेष्टमा अंग्रेजी भाषाको वक्तृत्वकला प्रतियोगिता

  • 1.2K
    SHARES

  • एभरेष्टमा अंग्रेजी भाषाको वक्तृत्वकला प्रतियोगिता

    बुटवल, फागुन १२ ।

    बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माविमा शुक्रबार वक्तृत्वकला र कथा वाचन प्रतियोगिता सम्पन्न भएका छन् । अङ्ग्रेजीमा प्रस्तुत गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ४ र ५ बाट स्पर्श लम्साल कक्षा ५ प्रथम,  अदिती आचार्य कक्षा ४ द्वितीय र स्थापना सुवेदी कक्षा ५ ले तृतीय स्थान प्राप्त गरेका छन् ।

    त्यसैगरी कक्षा ६, ७ र ८ बाट एलिसा श्रेष्ठ कक्षा ७ प्रथम, आनिका थापा कक्षा ६ द्वितीय र शिखा कंडेल कक्षा ७ ले तृतीय स्थान प्राप्त गरेका छन् । साथै कक्षा ९ र १० बाट आश्रिता गिरी कक्षा ९ प्रथम, समृद्धी शर्मा कक्षा ९ द्वितीय र आरोही न्यौपाने कक्षा ९ ले तृतीय स्थान प्राप्त गरेका छन् भने समग्र हाउसबाट एल्लो हाउस प्रथम, ग्रिन हाउस द्वितीय, ब्लू हाउस तृतीय र रेड हाउसले चौथो स्थान प्राप्त गरेका छन् ।

    अतिरिक्त क्रियाकलापअन्तरगत कक्षा १, २ र ३ मा शुक्रबारनै नेपाली वक्तृत्वकला र कथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । वक्तृत्वकलामा कक्षा १ बाट युवानी भट्टराई प्रथम, प्रश्ना खनाल द्वितीय र प्रिन्सा कार्की तृतीय, कक्षा २ बाट हिमांशु खत्री प्रथम, शैलेश चुदाली द्वितीय र रिभाना पोख्रेल तृतीय तथा कक्षा ३ बाट परिचित ढकाल प्रथम, अग्रिम पाण्डे द्वितीय र अदिती रौनियारले तृतीय स्थान प्राप्त गरेका छन् भने कथा वाचन प्रतियोगितामा कक्षा १ बाट यशस्वी प्रधान प्रथम, प्रिन्सा कार्की द्वितीय र केभिन पोख्रेल तृतीय, कक्षा २ बाट भाविक थापा प्रथम, भवानी पोख्रेल द्वितीय र प्रथम महतो तृतीय अनि कक्षा ३ बाट अग्रिम पाण्डे प्रथम, परिचित ढकाल द्वितीय र रेहाना गुरुङले तृतीय स्थान प्राप्त गरेका छन् ।

    विद्यालयका सह–प्राचार्य भिमसेन गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपाने, उपप्राचार्य उमेश रेग्मी, प्रा।वि तह संयोजक आशा भुसाल लगायतले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउन विद्यालयले यस्ता अवसरहरु निरन्तर प्रदान गर्दै जाने बताउनु भयो ।

    शिक्षकद्वय तीर्थराज अर्याल र सरस्वती पाण्डेको निर्णायकत्वमा भएको कार्यक्रममा  विद्यार्थीहरुले आआफ्नो प्रतिभा समेत प्रदर्शन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology