Logo बिहिवार, आश्विन १ गते २०८३
images

पशुपति कलेजमा अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता

पशुपति कलेजमा अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता

  • 1.3K
    SHARES

  • पशुपति कलेजमा अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता

    भैरहवा, फागुन १२ ।

    पशुपति कलेजले अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ कोटिहवामा रहेको कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु बीच शुक्रबार प्रतियोगिता गरेको हो ।

    २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त उक्त कलेज सामुदायिक कलेज हो । स्थापना कालदेखि आफ्नो छुट्टै पहिचान बनाएको कलेजले वार्षिक शैक्षिक क्यालेण्डर अनुसार अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ ।  कायृम्ज्र्ञे ममा बोल्दै कलेजका उपाध्यक्ष लीलाबल्लभ गैरेले सिकाइका विभिन्न ज्ञान मध्ये बौद्धिक ज्ञानको लागि कलेजले हाजिरिजवाफ कार्यक्रम गरेको बताउँदै कलेजले आयोजना गरेका प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

    कलेजका सहायक प्रमुख जितबहादुर राजकोटीले कलेजले खेलकुद, वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगिता गर्दै विद्यार्थीमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

    हाजिरी जवाफ प्रतियोगिताबाट बी एड तेस्रो वर्षका विद्यार्थीको समूह प्रथम, बिबिएस प्रथम वर्षका नेपाली मिडियमका दोस्रो र बिबिएस प्रथम वर्षका अङ्ग्रेजी माध्यमका विद्यार्थी तृतीय भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology