बुटवल,फागुन ११ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गरेको छ । बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा क्रेडिट कार्ड शुभारम्भ गरेको हाे ।
साे समारोहमा बोल्दै बैंककाप्रमुखकार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देश अनुसार अघि बढेकाले शाइन रेसुङ्गा काठमाडौं उपत्यकाबाहिर प्रधानकार्यालय रहेको लुम्बिनीप्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफलभएको उल्लेख गरे ।
बैंकहरु लगानीकर्ताको नभई जनताको (निक्षेपकर्ताको ) हो भन्ने तथ्यलाई आत्मसाथ गरेकाले बैंक सबैंको विश्वसनीय र रोजाईको बैंक बन्नसफलभएको उनले बताए ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले सामाजिकउत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवकाअवसरमा १४ हजार बृक्षरोपण गरेको, डिजिटल बैकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागी गराएको,वन वाटिकाको टिकटिङलाई अनलाइन गरिएको र डिजिटल स्कूल परियोजनाअन्तर्गत १५ वटा सरकारी विद्यालयमा २० लाख रुपैयां बराबरको उपकरण प्रदान गरेको बताए ।
यस्तै शाइनउद्यमशीलताकार्यक्रमअन्तर्गत कलेजमाअध्ययनरत विद्यार्थी र युवालाई उद्यमशीलबनाउन र स्वरोजगार अभिबृद्धि गर्न ३३ वटा क्याम्पसमाउद्यमशीलताविकास सम्बन्धीकार्यक्रम गरेको बताए । प्रदेश १ र २ वाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेकामाबैंकका ६० प्रतिशतशाखाहरु ग्रामीण क्षेत्रमा रहेका बैंकले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)