Logo बिहिवार, आश्विन १ गते २०८३
images

शाईन आर्थिक पत्रकारिता पुरस्कार माधव नेपाललाई प्रदान

शाईन आर्थिक पत्रकारिता पुरस्कार माधव नेपाललाई प्रदान

  • 9.0K
    SHARES

  • शाईन आर्थिक पत्रकारिता पुरस्कार माधव नेपाललाई प्रदान

    बुटवल,फागुन ११ ।

    पत्रकार माधव नेपाललाई शाईन रेसुङ्गा आर्थिक पत्रकारिता पुरस्कार-२०७९ प्रदान गरिएको छ ।  तिलोत्तमामा आयोजित एक कार्यक्रममा बिबिसी र बुटवल एफएममा कार्यरत नेपाललाई ५० हजार १ सय ११ नगद र प्रशंसापत्रसहित साे पुरस्कार प्रदान गरिएको हो ।

    शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सो पुरस्कार बितरण गर्दै आएको छ । बैंकका अध्यक्ष थानेश्वर पौडेल, सिइओ प्रकाश पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।  

    पुरस्कार वितरणका लागि पत्रकार महासंघ रुपन्देहीका पुर्व कोषाध्यक्ष यमलाल भुसालको संयोजकत्वमा ३ सदस्यीय मुल्यांकन समिती गठन गरिएको थियो । समितीको सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सञ्य सौगात र शाइन बैंकका लालमणि पाण्डे रहेका थिए ।prasamsa patra.jpg

    बैंकले  गतवर्षदेखि पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको कोषको स्थापना गर्दै आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सुरुवात गरेको हो 

    यहि पुरस्कार गतबर्ष पत्रकार यमलाल भुसालले पाएका थिए  । 

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology