बुटवल,फागुन १० ।
बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामा पुरुष/महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन ।
बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे । यता महिला सिगलको उपाधि अभिलाषा बिष्टले चुमिन ।
विष्टले माहिका रानालाई फाईनलमा ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन । प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
यसैगरि ३५ वर्ष उमेर समुह पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते ।यसैगरि ५५ वर्ष उमेर पुरुष एकलको उपाधि बिमल गुरुङ हात पारेका छन । फाईनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे ।

एक कार्यक्रमका बिच फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा मनोज ढुगाना, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेत, संघका सचिव सब्बर मियाले पुरस्कार वितरण गरेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)