Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लवहरुको संयुक्त आयोजनामा बुटवलमा रक्तदान,९५ युनिट रगत संकलन

लायन्स क्लवहरुको संयुक्त आयोजनामा बुटवलमा रक्तदान,९५ युनिट रगत संकलन

  • 1.2K
    SHARES

  • लायन्स क्लवहरुको संयुक्त आयोजनामा बुटवलमा रक्तदान,९५ युनिट रगत संकलन

    बुटवल,फागुन १० ।

    लायन्स क्लवहरुको संयुक्त आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    लायन्स रिजन अन्तर्गतका लायन्स क्लव अफ बुटवल चौतारी, लायन्स क्लव अफ बुटवल सिद्धबाबा, लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटी , लायन्स क्लव अफ बुटवल सनसाईन, लायन्स क्लव अफ बुटवल देउराली पिस, लायन्स क्लव अफ बुटवल  क्रियटिभ, लायन्स क्लव अफ सेन्ट्रल बुटवल र लायन्स क्लव अफ बटौलीले सो कार्यक्रम गरेका हुन ।

    रगत अभाव हटाउनुका साथै बार्षिक कार्यक्रम अनुसार समाजिक सेवाको काम रक्तदान गरिएको लायन्स क्लवका रिजन चियर पर्सन जमुना पाण्डेले बताउनुभयो । उहाँले सबै क्लवलाई क्रियाशील बनाउन पनि यस कार्यक्रमले महत्वराख्ने बताउनुभयो ।

    लायन्स रिजन चियर पर्सन जमुना पाण्डेको अध्यक्षता तथा लायन्सकापिईमसिसि सुनिल ओझाको पमुअ आतिथ्यमा भएको कार्यक्रममा क्याबिनेट सेके्रटरी सन्दिप कसौधन,एरिया कोषाध्यक्ष एकादेव बस्याल,जोन २७ का कृष्णप्रसाद पोखरेल,जोन २८ का अनामिका घिमिरे लगायतले बोल्नुभएको थियो ।

    रक्तदानमा ९५ युनिट रगत संकलन भएको छ ।लायन्स क्लवको एरिया फोरमा ५७ क्लब आबद्ध रहेका छन् ।blood.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology