Logo बिहिवार, आश्विन १ गते २०८३
images

६० लाख लगानीमा मायादेवी मन्दिरमा फेरियो नयाँ गजुर 

६० लाख लगानीमा मायादेवी मन्दिरमा फेरियो नयाँ गजुर 

  • 2.3K
    SHARES

  • ६० लाख लगानीमा मायादेवी मन्दिरमा फेरियो नयाँ गजुर 

    बुटवल,फागुन ९।

    बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरमा आधुनिक गजुर राखिएको छ  ।  गजुर जीर्ण भएपछि लुम्बिनी विकास कोषलेले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखेको हो ।

    गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ । मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिईएको छ ।

    यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

    स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको शाक्यले बताउनुभयो । गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाईएको छ । यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो । बाँदरले हल्लाउदा ढल्कने, पार्टपूर्जाहरु खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रती कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिनुभयो ।

    गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन)को  कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ । 
    मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगर स्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीबृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताउनुभयो ।

    उहाँका अनुसार दाताले बुद्धप्रती श्रद्धा राखेर गजुर स्थापना गरेका हुन । आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताउनुभयो।  नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आर्कषक देखिएको छ । mayadevi gajur.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology