दाङ,फागुन ९ ।
महानायक राजेश हमालले टीकटकले घरघरमा कलाकार उत्पादन गरेको बताउनुभएको छ । हरेक व्यक्ति कलाकार बनेको समयमा नेपाली चलचित्रमा थप चुनौति र मिहनेतको आवश्यकता परेको हमालको भनाइ छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै हमालले भन्नुभयो- पहिले चलचित्रमा प्रवेश गरेका व्यक्ति मात्र अभियनमा पोख्त हुन्थे तर अहिले पछिल्लो समय धेरै व्यक्ति सहज रुपमा अभिनयमा दक्ष भएका छन् ।
नायक हमालले सामान्य खालको छायांकन गरेर दर्शकहरुको चाहान पुरा गर्न नसकिने बताउनुभयो ।समय सापेक्ष समाजलाइ मिल्दोजुल्दो आम नेपालीको जीवनशैलीलाइ प्रतिविम्बीत गर्ने घर आँगनका कथा वस्तुलाइ चलचित्रममा उर्तानुपर्छ उहाँले भन्नुभयो । तर धेरै जसो चलचित्रकर्मीहरु सजिलो बाटोमा लाग्नुभाछ ।
यसै अनुरुप सामाजिक राजनैतिक मुद्धाहरुलाइ मनोरन्जनको माध्यमबाट दिन सकियो भने नेपाली चलचित्रले फड्को मार्ने हमालको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष शिव पुनले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)