Logo बिहिवार, आश्विन १ गते २०८३
images

महोत्तरीको बर्दिबासमा प्रहरीमाथि ढुंगामुढापछि गोली चल्याे, घाइतेलाई काठमाडौं पठाइयो

महोत्तरीको बर्दिबासमा प्रहरीमाथि ढुंगामुढापछि गोली चल्याे, घाइतेलाई काठमाडौं पठाइयो

  • 2.0K
    SHARES

  • महोत्तरीको बर्दिबासमा प्रहरीमाथि ढुंगामुढापछि गोली चल्याे, घाइतेलाई काठमाडौं पठाइयो

    बुटवल,मंसिर ९-

    महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।


     घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउण्ड गोली चलाएको थियो ।

    प्रहरीको गोली लागेर बुद्धिराज सञ्जय न्यौपाने र श्याम कार्की घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए । यस्तै अफताब आलम पनि प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् । 


    गोली लागेर घाइते भएका न्यौपानेको कम्मर मुनी गोली लागेको छ भने श्यामको घाँटीमा चोट रहेको छ । घाइतेहरुको काठमाडौंमा मेडिसिटीमा अस्पतालमा उपचार हुने बताइएको छ । 


    खातुन आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

    स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएको छ। 

    आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

    प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology