बुटवल,फागुन ८ ।
सिकेको सीपलाइ प्रभावकारी ढंगले राष्ट्रको सेवा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन। विभिन्न किसिमका तालिमहरु सञ्चालनमा आएको बताउदै उनिहरुले राष्ट्रको बिकास गर्नेगरी कामहरु गर्नुपर्नेमा जोड दिएका हुन।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ब्यवसायीक शिक्षा तथा तालिम अभिबृद्धी परियोजना - दोस्रो को आयोजनामा आयोजित तालिम तथा रोजगार सेवा प्रदायक सस्था, प्रशिक्षक, तालिम प्राप्त सहभागी तथा अन्य सरोकारवाला सहितको १ दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन।
कार्यक्रममा परियोजना प्रमुख शिव कुमार सापकोटाले छोटो अवधिको १ लाख १५ हजार जनालाई सिपमुलक तालीम दिने लक्ष्य भएपनि १ लाख ५० हजार जनालाई तालिम दिइएको बताए।उनले लामो अवधिको १० महिने तालिममा १४४० जनालाई र उद्योगमा आधारित तालिममा ४३ जनालाई प्रदान गरिएको जानकारी दिए।
महिला, दलित, जनजाति, मधेसी,बेरोजगार युवाहरु, बिपन्न बर्गका युवालाई लक्षित तालिम प्रदान गर्दै आएको बत्ताए। उनले तालिम तथा रोजगार सेवा प्रादायक सस्थाबाट तालिम प्रदान गर्दै गरेको बताउदै सिटिईभिटिबाट सम्बन्धन प्राप्त १५० सस्थाबाट तालिम दिइएको बताए। उनले सिकेको सिपलाई कार्यान्वयन गरेर देशकै सेवामा लाग्न आग्रह गरे।
कार्यक्रममा बोल्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय एव परियोजनाका उपसचिव केवलीराम अधिकारीले तालिमलाई तालिमको लागि मात्र नभइ कार्यान्वयन गरेर देखाउनुपर्ने बताए। उनले तालिम तथा रोजगार सेवा प्रदायक सस्था र प्रशिक्षकबाट प्रदान गरेको अनुभव नै तालिम लिनेको ज्ञान भएकोले यसतर्फ ध्यान दिन आग्रह गरे। उनले विश्व बैंकको ६ अर्ब नेपाली रुपैयाको ऋणमा परियोजा सञ्चालन गरिएको बताए।
कार्यक्रममा बोल्दै परियोजना लेखा प्रमुख देवहरी गौतमले परियोजनाले अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी गराउदै परियोजनाले बजारले खोजेको जनशक्ति उत्पादन गर्न तालिम प्रदान गर्ने र प्रविधिक शिक्षा र सस्थालाई सुदृढ बनाउने योजना रहेको बताए।
उनले पहिलो फेज २०११ मा शुरु भएर २०१५ सम्म र दोस्रो फेज २०१७ देखि २०२२ सम्म सञ्चालन भएको जानकारी दिए।उनले यस्तो परियोजा दोस्रो चरणमा पुगेको बताउदै आवश्यक महसुस भएमा तेस्रो चरणको कार्यक्रम समेत सञ्चालन गरिने बताए।
कार्यक्रममा परियोजना शाखा अधिकृत उद्धव कट्टेल,परियोजनाका कृष्ण पौडेल, बुटवल उपमहानगरपालिका शिक्षा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनाल, तालिम प्रदायक सस्थाका प्रतिनिधि, प्रशिक्षक, तालिम लिएका प्रतिनिधि लगायतले बोलेका थिए। कार्यक्रममा १२ वटा सस्थाको प्रतिनिधि, ८ जना प्रशिक्षक र केही तालिम प्राप्त ब्यक्तिहरुको सहभागीता रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)