Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डका ६३ जना विद्यार्थी नगदसहित पुरस्कृत, तीन महिनाको मासिक शुल्कमा छुट

अक्सफोर्डका ६३ जना विद्यार्थी नगदसहित पुरस्कृत, तीन महिनाको मासिक शुल्कमा छुट

  • 2.8K
    SHARES

  • अक्सफोर्डका ६३ जना विद्यार्थी नगदसहित पुरस्कृत, तीन महिनाको मासिक शुल्कमा छुट

    बुटवल,फागुन ७ ।

    अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

    माघ महिनामा लिएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत ६३ जना विद्यार्थीलाई नगद तथा तीन महिनाको मासिक शुल्कमा छुट सहित पुरस्कृत गरेको हो ।

    कक्षा ११ र १२ मा अध्ययनरत दोस्रो त्रैमासिक परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जि पि ए ल्याउने १७ जना विद्यार्थीहरुलाई नगद र १० हजार तथा ३ महिनाको मासिक शुल्क छुट साथै ३ दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने ४६ जना परीक्षार्थीहरुलाई नगद तीन हजार र ३ महिनाको मासिक शुल्कमा छुटसहित सम्मान तथा पुरस्कृत गरेको हो ।

    अभिभावकहरूको उपस्थितिमा सार्वजनिक भएको परीक्षाफलमा उत्कृष्ट जि पि ए ल्याउने विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरिएको हो।परीक्षाफल सार्वजनिक कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई थप प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य दिनेश भुसालले आगामी दिनमा पनि विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्दै जाने बताउनुभयो ।

    माघ महिनाको २६ गते भएको वेभ डिजाइनिङ ,डेभलपमेन्ट तथा प्रस्तुती प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरी कक्षा १२ मा अध्ययनरत अर्पणको समूह प्रथम , सविनको समूह द्धितीय र आशिषको समूह तृतीय भएका छन् भने कक्षा ११ तर्फ विकल्प खत्रीको समूह प्रथम,अङ्कितको समूह र रोजनको समूह द्धितीय र अनुपको समूह तृतीय भएका थिए।

    उक्त कार्यक्रममा प्रथम , द्वितीय तथा तृतीय हुने विद्यार्थीहरुलाइ नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०७९ मा सहभागी भइ बुटवल उपमहानगरपालिकामा उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएकोमा विभिन्न विधाका खेलाडीलाई सम्मानसमेत गरिएको प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो ।

    विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य ललितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी ,अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल र नारायण सापकोटालगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।oxford.jpg

    विद्यालयका प्राध्यापक सुमन भुसाल तथा नारायण सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयले गरेको नतिजा प्रकाशन कार्यक्रममा १ हजार ३४३ जना अभिभावकहरुको उपस्थिति रहेको विद्यालयका शिक्षक लक्षमण घिमिरेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology