Logo बिहिवार, आश्विन १ गते २०८३
images

राससद्वारा गोरखापत्र ,हिमालय टाइम्स र लोकान्तरलाई उत्कृष्ट सेवाग्राही सम्मान

राससद्वारा गोरखापत्र ,हिमालय टाइम्स र लोकान्तरलाई उत्कृष्ट सेवाग्राही सम्मान

  • 1.2K
    SHARES

  • राससद्वारा गोरखापत्र ,हिमालय टाइम्स र लोकान्तरलाई उत्कृष्ट सेवाग्राही सम्मान

    काठमाडौं, फागुन ७।

    राष्ट्रिय समाचार समिति (रासस)ले गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ । आइतबार राससको ६२ औं वार्षिकोत्सव समारोहमा गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको हो । 

    उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गर्नुभएको हो । राससले गोरखापत्र संस्थानसँगै हिमालय टाइम्स र लोकान्तर डटकमलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ । 

    राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। सँगै राससका बारेमा प्रकाशित पुस्तकसमेत विमोचन भएको छ। निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर वि.सं २०१८ फागुन ७ गते स्थापना भएको रासस आजदेखि ६२ वर्ष प्रवेश गरेको हो।

    संस्थापक अध्यक्ष रामराज पौड्याल रहनुभएको राससमा नेपाल संवाद समितिका गोविन्द वियोगी र सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो। वि.सं २०१८ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology