Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्लव अफ बुटवल चौतारीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

रोटरी क्लव अफ बुटवल चौतारीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • 1.4K
    SHARES

  • रोटरी क्लव अफ बुटवल चौतारीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    बुटवल,फागुन ७ ।

    रोटरी क्लव अफ बुटवल चौतारीकोे आयोजनामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।आईतबार बुटवल ११ सत्यवती टोल स्थित क्लवकै प्रस्तावित भवन निर्माण स्थलमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उद्घाटन गरिन् ।

    सो अवसरमा बोल्दै उनले निशुल्क स्वास्थ्य शिविरले धेरै जना लाभाम्बित हुने भन्दै सामाजिक कार्यलाई निरन्तर अघि बढाउन क्लवलाई आग्रह गरिन् । उनले स्वास्थ्य सचेतना, शिविर जस्ता कार्यक्रम बाट समाजमा लुकेका रोगहरु बाहिर ल्याउन सकिने भन्दै स्वास्थ्य प्रबद्धनात्मक कार्यक्रममा क्लवलाई उपमहानगरको तर्फबाट सधै सहयोग रहने समेत बताईन् ।

    क्लवका अध्यक्ष सन्तोष केसीले बार्षिक कार्ययोजना अनुसार निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको बताए । उनले स्वास्थ्य शिविरका अलवा बृक्षारोपण, सरसफाई कार्यक्रम, विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, न्यानो पोशाक वितरण, विरामीलाई फलफुल वितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।

    चौराह हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविर कार्यक्रममा नाक,कान, घाँटी, हाडजोर्नी, महिला रोग, बालबालिका, दन्त परिक्षण तथा सुगर परिक्षण समेत गरिएको थियो । शिविरमा २४६ जनाले सेवा लिएको कार्यक्रम संयोजक श्रीकान्त सुवेदीले बताए । साथै उक्त कार्यक्रममा कलबले बुटवल १३ नागरिक टोलका अशक्त लेकसरी गुरुङलाई एक थान ह्वील चियर चियर प्रदान गरिएको छ।

    कार्यक्रममा रोटरी बुटवल चौतारीका एजी पुरन श्रेष्ठ,चौराहा हस्पिटलका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारी, बुद्धभुमि ट्याक्सी सेवाका प्रतिनिधि दिलिप बि.क, सत्यवती टोल बिकास संस्थाका सचिव बिष्णु काफ्ले लगायतले बोलेका थिए ।कार्यक्रम क्लवका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा क्लवका सचिव सुदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।331404244_1246068612695070_2665630688104520631_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology