Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

  • 1.5K
    SHARES

  • प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

    काठमाडौं, फागुन ७।

    पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् ।

    प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’

    पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ ।

    राज्य सत्ताको बागडोर ज-जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ ।बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको, तर मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने उनले बताएका छन् ।

    पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ, ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’

    हेर्नुहोस् पूर्वराजाको वक्तव्य 

    ex-king-gyanendra.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology