Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही वचत तथा ऋण सहकारी संघद्वारा जिल्लाका सहकारीलाई प्रविधि सम्बन्धि प्रशिक्षण

रुपन्देही वचत तथा ऋण सहकारी संघद्वारा जिल्लाका सहकारीलाई प्रविधि सम्बन्धि प्रशिक्षण

  • 1.2K
    SHARES

  • रुपन्देही वचत तथा ऋण सहकारी संघद्वारा जिल्लाका सहकारीलाई प्रविधि सम्बन्धि प्रशिक्षण

    बुटवल,फागुन ६ ।

    सहकारीहरुलाई कसरी प्रविधियुक्त बनाउन सकिन्छ भन्ने विषयमा रुपन्देहीमा सहकारीकर्मीलाई प्रशिक्षण गरिएको छ । रुपन्देही वचत तथा ऋण सहकारी संघको आयोजना र आकाश डिजिटल प्रालिको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा ‘कर्जा लगानी तथा असुली कागजात डिजिटलाईजेशन’ सम्बन्धि प्रशिक्षण गरिएको थियो ।

    सहकारीलाई व्यवस्थित गर्नको लागि प्रविधियुक्त बनाउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्तप्रसाद ढकालले बताउनु भयो । कार्यक्रममा ११५ जनाको संस्थागत सहभागिता रहेको थियो । त्यस अवसरमा आकाश डिजिटल प्रालिका प्रवन्ध निर्देशक टंक पराजुलीले प्राविधिक प्रशिक्षण गर्नुभएको थियो ।

    संघका अध्यक्ष बसन्तप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रदेश अध्यक्ष कृष्णप्रसाद नेपाल, खेमराज पाण्डे, भानुभक्त पौडेल, मीन पौडेल लगायत भनाई राख्नुभएको थियो । कार्यक्रम कोषाध्यक्ष भोजबहादुर बुढाथोकीको स्वागत तथा सञ्चालक रामप्रसाद पौडेलको सञ्चालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology