Logo बिहिवार, आश्विन १ गते २०८३
images

एम्स कलेजमा स्वागत,सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

एम्स कलेजमा स्वागत,सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

  • 3.6K
    SHARES

  • एम्स कलेजमा स्वागत,सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

    बुटवल ,फागुन ५ ।

    बुटवलको एम्स कलेजमा स्वागत,सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएकोे छ ।

    कलेजमा स्नातक पहिलो वर्षका विद्यार्थीलाई स्वागत तथा परीक्षा उतिर्ण गरेका चौथो ब्याचलाई बिदाई गरिएको हो । कार्यक्रमको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले उद्घाटन गर्दै अध्ययनसंगै ब्यवहारिक ज्ञानका लागि सहकार्य गर्दा धेरै फाईदा मिल्ने भन्दै यसका लासिग संस्थागत रुपमा तयार रहेको बताए ।

    यसैबिच कलेजबाट चौथो वर्षमा पास भएका ७२ जनालाई बिदाई तथा प्रथमबर्षमा भर्ना भएका ३० जना विद्यार्थीहरुलाई मायाको चिनोसहित स्वागत गरिएको थियो ।

    बिबिएस दोस्रो बर्षकी छात्रा सरिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एम्स एजुकेशनका फाउन्डर तथा प्रवन्ध निर्देशक गोपालप्रसाद न्यौपाने तथा क्याम्पस प्रमुख दिपक ढकाल लगायतले बोलेका थिए ।सो अबसरमा तथा गायक तथा संगितकार श्रीधर अधिकारीले प्रस्तुती दिएका थिए ।

    कार्यक्रममा विद्यार्थीहरुबाट सास्कृतिक नृत्य प्रदर्शन तथा विभिन्न खेलकुद गतिविधिमा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण समेत गरिएको क्याम्पस प्रमुख दिपक ढकालले बताए ।received_933655531146316.jpeg

    बिस २०६३ सालमा स्थापना भएको कलेजबाट १२ ब्याचले अध्ययन सकेका छन । कलेजमा कुल ३ सय विद्यार्थीहरु र २४ जना शिक्षक कर्मचारी छन । सो  कार्यक्रम बिबिएस दोस्रो बर्षकी ईशा पाण्डे र तेस्रो वर्षकी लक्षिता खनालको संचालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology