Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ खेल महोत्सवका उत्कृष्ट बिद्यार्थीलाइ पुरस्कार बितरण

तिनाउ खेल महोत्सवका उत्कृष्ट बिद्यार्थीलाइ पुरस्कार बितरण

  • 1.8K
    SHARES

  • तिनाउ खेल महोत्सवका उत्कृष्ट बिद्यार्थीलाइ पुरस्कार बितरण

    बुटवल ,फागुन ५ ।

    बुटवल ११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा संचालित खेल महोत्सव सम्पन्न भएको छ । माघ २७ गतेदेखि विभिन्न तहमा संचालित खेल महोत्सवमा उत्कृष्ट भएका बिद्यार्थीलाइ शुक्रबार एक समारोहका बिचमा पुरस्कार बितरण गरिएको हो ।

    खेलमा ३६ विभिन्न बिधामा १ हजार २ सय विद्यार्थीहरु सहभागि  भएका थिए ।शुक्रबार पुरस्कार तथा प्रमाणपत्र बितरणका साथै सास्कृतिक कार्यक्रम समेत गरिएको छ ।

    स्कुलकी प्राचार्य सीता पाण्डको अध्यक्षता तथा  बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष यज्ञमुर्ती पाण्डेको प्रम्ख आतिथ्यमा कार्यक्रम गरिएको हो । final.jpg

    उत्कृष्ट खेलाडीहरुलाइ अध्यक्ष पाण्डे, प्राचार्य सीता पाण्डे,स्कुलका संयोजक नारायण पोख्रेल, सह संयोजक अग्निधर पोख्रेलले पुरस्कार बितरण गर्नुभयो ।कार्यक्रममा बोल्दै प्राचार्य सीता पाण्डेले सहभागि सबैलाइ धन्यबाद र पुरस्कृतलाइ बधाइ दिदै आगामी दिनमा अझै उत्कृष्ट खेल देखाउन आग्रह गर्नुभयो ।

    प्रमुख अतिथि पाण्डेले तिनाउलाइ अध्ययनसंगै खेलकुद तथा बिभिन्न बिधामा उत्कृष्ट बनाउने गरि बिद्यार्थी तथा शिक्षकले पनि मेहनत गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको संचालन कविता थापा र सुस्मिता आचार्यले गर्नु भएको थियो ।

    gam.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology