Logo बिहिवार, आश्विन १ गते २०८३
images

दीप गायन ताराको छनोट चरण सम्पन्न

दीप गायन ताराको छनोट चरण सम्पन्न

  • 1.2K
    SHARES

  • दीप गायन ताराको छनोट चरण सम्पन्न

    बुटवल,फागुन ४ ।

    दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।

    प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १८ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए ।

    जसमध्ये एम्स स्कुलका अनुज गाहा, लुम्बिनी बोर्डिङ स्कुलका समिर घिमिरे, एभरेष्ट इङ्ग्लिश बोर्डिङ सेकेन्डरी स्कुलका दिपेन पौडेल, स्कोलर्स होम बोर्डिङका रेनुका सुनार, इन्टेलेक्चुअल एकेडेमीका निहारिका ढुङ्गाना, न्यू होराइजन इङ्ग्लिश बोर्डिङ स्कुलका विश्वास शाही, शान्ति मोडेल सेकेन्डरी स्कुलका निरुता कार्की, कालिका मानवज्ञान मा।वि।का विवेक पङ्गेनी, अक्सफोर्ड माविका प्रसन्ना केसी, कान्ति मा।वि।का प्रेम वि क गरी जम्मा १० जना अन्तिम चरणका लागि छनौट भएका छन् । 

    प्रतियागितामा उत्कृष्ट १० मा परेका प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धा फागुन ५ गते शुक्रबार बिहान १० बजे हुने र  प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई-दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।

    प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गुणस्तरीय शिक्षासँगै दीप बोर्डिङ हाई स्कुलले अतिरिक्त क्रियाकलापको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको र दीप गायन तारा प्रतियोगिताका माध्यमबाट गीत सङ्गीतको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले दीप बोर्डिङ हाई स्कुलले पढाइका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गरेर गीत सङ्गीतमा रुचि भएका विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उदाहरणीय अवसर प्रदान गरेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रमुख आतिथ्यता, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईं, प्याब्सन रुपन्देही सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष नविन्द ढकाल, क्यानन बोर्डिङ स्कुलका प्राचार्य थानेश्वर पौडेल, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, विव्यससदस्य वसन्तकुमार जोशी, लेखाप्रमुख रेखा श्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा उपप्राचार्य सुरेन्द्र कुमार शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा, बालकृष्ण पाठक र सीता आचार्यले संयुक्त रूपमा गर्नुभएको थियो ।deep.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology