Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ खेल महाेत्सव :सबै विधाका खेल सम्पन्न,भाेलि पुरस्कार बितरण

तिनाउ खेल महाेत्सव :सबै विधाका खेल सम्पन्न,भाेलि पुरस्कार बितरण

  • 1.2K
    SHARES

  • तिनाउ खेल महाेत्सव  :सबै विधाका खेल सम्पन्न,भाेलि पुरस्कार बितरण

    बुटवल,फागुन ४ ।

    तिनाउ खेल महोत्सव अन्तर्गत भएका सबै बिधाका खेलहरु सम्पन्न भएका छन् । बिहिबार पुरस्कार बितरण गरिने बिद्यालयले जनाएको छ ।

    बुधबार लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर कक्षा ८,९ र १० तर्फको छात्रा कबड्डी खेलमा कक्षा ९ का रन्जना गाहा, स्नेहा मगर, रेजिना बि सि, अस्मिना भण्डारी, किर्मिका सुनार ,प्रक्रिती कार्की प्रज्ञा कठायत, शृजना बुढाथोकी युरि पुन समूह प्रथम भएको छ भने कक्षा १० का करिस्मा कार्की मुस्कान खत्री, रोस्नी बस्नेत, खोदैजा बानु, स्मारिका डम्बरपाल, बिनिता चितौरे, सबिता सुनार, अनुस्का खड्का ओजस्वी श्रेष्ठको समूह द्वितीय भएको छ ।

    त्यस्तैगरि कक्षा ८र ९ का भुमिका सारु, सृष्टि के सि ,भुमिका के सि, आस्मा श्रेष्ठ, शिला सुनार, प्रतीक्षा अदै ,आइस्का थापा, निस्मा मनान्सु ,बसन्ती रानाको समूह तृतीय भएको छ । छात्र तर्फको रिले दौडमा कक्षा ९ का बिकास गहतराज, आयुस सुनार, अभिषेक डम्बरपाल, सुजन रानाको समूह प्रथम,कक्षा ९ कै बिबस बि क ,ओमन खाम्चा, सुगम बि क, सक्षम पङेनीको समूह द्वितीय र कक्षा ८ का सजिछ बुढाथोकी  समीर कार्की, हरिओम क्षेत्री सागर नेपालको समूह तृतीय भएको छ ।

    कक्षा ८,९,१०को क्रिकेट खेलमा कक्षा ९ को निस्चल रुचाल, ऋषि बिक, सफल परियार, कुशल पाण्डे,युजन सारु प्रबिन बज्राचार्य, अभिषेक रसाइली,प्रतीक पौडेल, सुजन राना, प्रत्युस बश्याल, आकास पुलामी, सुलभ तिवरी, विशेष बैदालीको समूह प्रथम ,कक्षा १० का रिजन पौडेल, बिजन ढकाल, गौरब ज्ञवाली, समीर बम्रेल,पवन थापा, मल्दिप थापा एन्जल राना, आदित थापा सुज्यन थापा, निरज थापा अभिषेक ज्ञवाली,रिदम के सि अनिश थापाको समूह द्वितीय भएको छ ।tinau.jpg

    जुनियर कक्षा ५,६,७ छात्र तर्फको ब्याडमिन्टन खेलमा कक्षा ७ का अनुप जङ थापा प्रथम कक्षा ५ का बिश्वास बिक द्वितीय र इशान भट्टराई कक्षा ६ का तृतीय भए। सोही समूह अन्तर्गत खेलाइएको स्लो साईकल दौडमा छात्रा तर्फ कक्षा ७ का निर्देश महत प्रथम कक्षा ६ का आयुश कारक द्वितीय र कक्षा ५ का मिलन राना तृतीय भएका छन् ।

    त्यस्तै छात्रा तर्फको सोही खेलमा कक्षा ७ कि सन्जना घर्ति मगर प्रथम सोही कक्षा कि स्नेहा थामी मगर द्वितीय र प्रिया कार्की सोही कक्षा कि तृतीय भइन । जुनियर (२,३,४) तर्फ खेलाइएको चित्रकला प्रतियोगितामा छात्र तर्फ कक्षा ३ का ज्याकसन दुदराज प्रथम कक्षा ४ का युनिश बकबाल द्वितीय र सुपृम थापा कक्षा २ का तृतीय भए।

    आजै सम्पन्न सोही खेलमा छात्रा तर्फ कक्षा ३ की करिश्मा घर्ती पुन प्रथम कक्षा ४की  प्रियान्सु राना द्वितीय र सम्पदा थापा कक्षा २ की तृतीय भइन। गणितीय दौडमा कक्षा ४ का प्रसिद्ध आचार्य प्रथम ,कक्षा ४ कै अपेक्षा भण्डारी द्वितीय र कक्षा २ का प्रतीक कार्की तृतीय भए । माघ २७ देखिे तिनाउ खेल महोत्सव भएको बिद्यालयकी प्राचार्य सीता पाण्डेले जानकारी दिनुभयो । फागुन ५ गते मेडल तथा प्रमाणपत्र बितरण गरिने  बिद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले  बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology