Logo बिहिवार, आश्विन १ गते २०८३
images

कुंवरवर्तीले जित्यो चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड

कुंवरवर्तीले जित्यो चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड

  • 1.4K
    SHARES

  • कुंवरवर्तीले जित्यो चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड

    बुटवल,फागुन ३ ।

    रुपन्देहीको तिलोत्तमामा  भएको चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १३ स्वर्ण पदकजित्दै  कुंवरवर्ती बोर्डिङ स्कुलतिलोत्तमा–८ च्याम्पियनभएको छ । कुल ३० स्वर्ण पदकमध्ये १३ वटा इभेन्टका खेलमाकुंवरवर्ती बोर्डिङले जितनिकाल्दै च्याम्पियनभएको हो । यो संगै कुंवरवर्तीले रनिङशिल्ड आफ्नो पोल्टामा पार्न सफलभएको छ ।

    वडा नम्बर ४ स्थित जनज्योतिक्लबको खेल मैदानमाभएको प्रतियोगितामापशुपतिमावि कोटिहवाले ५ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहन सफलभएको छ भने शान्तिनमूना ४ पदक सहित तेस्रो भएको छ । होराइजनजीबीएसले ३ स्वर्ण पदकजितेको छ । त्यस्तै जनजागृति, टिकुलिगढ मावि,सेन्ट जोसेफ बोर्डिङ,न्यू इन्भाइरन्मेन्ट,पर्ल एकेडेमी, र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदकजितेको प्रतियोगिताको एथलेटिक्स संयोजकमित्रलालन्यौपानेले बताए ।

    यस्तै छात्र छात्रा तर्फको भलिबलमाकुंवरवर्ती बोर्डिङ स्कूलविजेता बनेको छ । भलिवलमा छात्रतर्फ जनज्योतिमाविलाई उपविजेतामा रोक्दै कुंवरवर्ती  विजेताभएको हो । छात्रातर्फ पनि सेन्ट जोसेफलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजयीभएको भलिबल संयोजकमिलन रानाले बताए । यस्तै कबड्डीतर्फ छात्रामा होराइजनजीबीएस र छात्रमा शान्तिनमूनामाविविजेताभएका छन् । हाइजम्पमा  छात्रातर्फ पशुपतिमावि र छात्रतर्फ शान्तिनमूनामावि  विजेताभएका छन् ।

    नगरभित्रका सरकारी र निजी गरी ३७विद्यालयकाकरिब ४ हजार विद्यार्थीले रनिङशिल्डमा प्रतिष्पर्धा गरेका तिलोत्तमानगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगारामआचार्यले बताए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुखजागेश्वरी चौधरी, वडा नं. ४ का वडाध्यक्ष ले शिल्ड,कप,मेडल तथानगद पुरस्कार प्रदान गरेका प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology