बुटवल,फागुन १ ।
६४ औँ स्थापना दिवसका अबसरमा बुटवल उपमहानगरपालिका संचालन गरिएको भलिवलमा सम्पन्न भएको छ ।
उपमहानगरपालिकाका महिला जनप्रतिनिधि तथा महिला कर्मचारी बिच भएको भलिबलमा महिला कर्मचारी टोलि बिजेता बन्न सफल भएको छ । बिजेता टोलि भोलि पुरस्कृत गरिने एशोसियसनका इकाई अध्यक्ष अनिलकुमार माण्डबले बताए ।
उपमहानगरपालिकाको आयोजना तथा नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाई बुटवल उपमहानगरपालिका व्यवस्थापनमा आइतबार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको समुह विजयी भएको छ।
यस्तै पत्रकार टोली र राजनीति दलका प्रतिनिधि बीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो। उक्त खेलमा सोझो दुवै सेट आफ्नो हातमा पारेर पत्रकारको टोली विजयी भएको छ।
बिजेता पत्रकार टोलिले पुरस्कार बापत नगर रु १५ हजार र उपबिजेता राजनीतिक दलको टोलीले उपबिजेता बन्दै १० हजार प्राप्त गरेको थिए ।प्रतियोगिताको बिजयी टोलिहरुलाई नेपाल नगरपालिका कर्मचारी एशोसियसनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठले पुरस्कार बितरण गरेका थिए।
यसैगरी सोही अवसरमा कर्मचारी एशोसियसनद्वारा आयोजना गरिएको प्रथम अन्तरनगरपालिका महिला कर्मचारी रुपन्देही जिल्ला स्तरिय मैत्रीपूर्ण भोलिवल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल खेलाइएको थियो ।
जसमा आयोजक बुटवल उपमहानगरपालिका प्रथम देवदह उपमहानगरपालिका दोश्रो र तिलोत्तमा तेस्रो हुन सफल भएका थिए। नतिजासंगै बुटवल उपमहानगरपालिकाको टोलीले ट्रफी सहित नगद २० हजार दोस्रो हुने देवदह नगरपालिकाले १५ हजार र तेस्रो तिलोत्तमा नगरपालिकाले १० हजार पुरस्कार प्राप्त गरेको थियो ।
बिजेता टोलिलाइ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्ड्यले पुरस्कार प्रदान गरेका थिए । सो कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलगायत उपस्थिति रहेको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी गराए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)