Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज जनयुद्ध दिवस, सरकारले दियो सार्वजनिक बिदा

आज जनयुद्ध दिवस, सरकारले दियो सार्वजनिक बिदा

  • 2.0K
    SHARES

  • आज जनयुद्ध दिवस, सरकारले दियो सार्वजनिक बिदा

    बुटवल, फागुन १ ।

    आज तत्कालिन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । जनयुद्ध दिवसको अवसरमा आज फागुन १ गते सरकारले आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने  निर्णय गरेको हो ।maobadi 3 neta.png

    सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको यो पहिलो पटक हो । ‘विसं २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०७९ माघ २९ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिन निर्णय गरिसकेका थिए । सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हप्ता दिनमा नै संघीय सरकारले

    संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफ्नो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology