Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘अटोमोबाइल व्यवसाय ईतिहासकै कमजोर अवस्थामा’ : ब्यवसायी

‘अटोमोबाइल व्यवसाय ईतिहासकै कमजोर अवस्थामा’ : ब्यवसायी

  • 1.3K
    SHARES

  • ‘अटोमोबाइल व्यवसाय ईतिहासकै कमजोर अवस्थामा’ : ब्यवसायी

    काठमाडौं, माघ २९  ।

    अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताउनुभएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभालाई स्वागत गर्नुहुँदै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो ।

    यस्तो स्थिति सृजना हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उहाँको धारणा छ । थापाले सरकारको बुझाइमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला वर्षहरुमा नेपालमा नै सवारी साधनहरुको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत शुरुवात भइसकेको, ब्याट्री र टायरट्यूव लगायतका सामानहरु नेपाल मै उत्पादन भईरहेको बताउदै अटोमोवाइल स्पेयर पार्टस् र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको बताउनुभयो ।

    राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान बजारीकरणका लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्नुहुँदै उहाँले यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने बताउनुभयो ।

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको छ । मन्त्री पौडेलले अटोमोबाइल सबैका लागि आवश्यक बन्दै गएको बताउनुभयो ।

    मन्त्री पौडेलले अहिले सवारी साधनहरु विलासिताका वस्तु नभई आवश्यकताको वस्तु भएको स्पष्ट रुपमा औंल्याउनुहुँदै कुनै समय मोबाइल फोनलाई पनि विलासिताको  वस्तु मानिएको उदाहरण दिनुहुँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सधैंको विलासी नहुने धारणा व्यक्त गर्नुभयो ।

    उहाँले सवारी साधनलाई विलासी भनिने गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताउनुभयो ।

    मन्त्री पौडेलले दु्रत गतिमा विद्युतिय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै यसो हुन सकेको खण्डमा इन्धनका लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने जानकारी दिनुभयो । आफूहरु व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेले बताउनुभयो ।

    सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषदका सभापति अञ्जन श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology