बुटवल,माघ २९।
बुटवल जेसिज र बुटवल जेसीजले मातृत्व प्रदान गरेका बुटवल महिला जेसीज, सैनामैना जेसिज, बुद्धभुमि जेसिजले संयुक्त रुपमा बहुशाखा पदाधिकारी तालिम सम्पन्न गरेका छन् ।
बर्ष २०२३ भरी जेसीजले गर्नुपर्ने कार्यका बारेमा सम्बन्धित पदाधिकारीले गर्नुपर्ने काम कर्तव्यको बारेमा अभिमुखिकरण गरिएको थियो । बुटवल जेसीजका पुर्व अध्यक्ष मनोज भट्टराई र राजु पौडेलले तालीमको सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाल जेसीज ५० औँ राष्ट्रिय महादिवेशन निर्देशक समेत रहनुभएका नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेलले बहुशाखा पदाधिकारी तालिमले जेसीज अभियानलाइ थप सुदृढ, सशक्त र सबल बनाउने उल्लेख गर्दै बुटवल जेसीजले गर्न थालेको ५० औं राष्ट्रिय महादिवेशनलाइ भव्य र सभ्य बनाउन अहिले देखि नै लाग्नुपर्नेमा जोड दिनुभयो ।
बहुशाखा तालिममा बुटवल जेसीज, बुटवल महिला जेसीज, सैनामैना जेसीज, बुद्धभुमि जेसीजका अध्यक्ष, कार्यकारणी उपाध्यक्ष, महासचिव, उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्षको सहभागीता थियो । बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवरले शुरु देखि नै बुटवल जेसीजले मातृत्व प्रदान गरेका सबै शाखासग सहकार्य र सहयात्रा गर्न चाहेको बताउदै उत्कृष्ट कार्यकाल बनाउन थप एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सैनमैना जेसीजका अध्यक्ष यदुनन्दन भण्डारी, बुद्धभुमी जेसीजका अध्यक्ष बाबुराम घिमिरेले तालीमको ज्ञानले बर्ष २०२३ प्रभावकारी र उत्कृष्ट बन्ने बिश्वास व्यक्त गर्नु भयो।
बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवालीले जेसीज आस्था पाठ, बुटवल महिला जेसीजका कानुनी सल्लाहकार सङ्गिता ढकालले मिसन भिजन बाचन, बुटवल महिला जेसीजका अध्यक्ष कमला लम्सालको धन्यवाद ज्ञापन र बुटवल जेसीजका महासचिव चन्द्रकान्त डुम्रेले उद्घोषण गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)