बुटवल,माघ २९ ।
तिलोत्तमा जेसिजले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ । जेसिजले शनिबार बिहान रत्तदान कार्यक्रम र साझँ पुर्व अध्यक्ष सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६१युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुलभ बन्जाडेले जानकारी दिए । तिलोत्तमा नगरपालीका स्थित वडा कार्यालयमा भएको रक्तदान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्दै जेसिजले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद दिए ।
यस्तै गरी तिलोत्तमा जेसिसले पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । जेसिसले तिलोत्तमा जेसिसको स्थापना गर्दै जेसिसलाई यहाँ सम्म ल्याई पु¥याउन सस्थाको नेतृत्व गर्नु भएका पुर्व अध्यक्षहरुको सम्मानमा कार्यक्रमको आयोजना गरिएको जेसिसका अध्यक्ष प्रकाश गौतमले बताउनुभयो । उहाँले आफ्नो कार्यकालको पहिलो कार्यक्रमको रुपमा रक्तदान जस्तो महत्वपुर्ण मानविय सेवाको कार्यक्रमको आयोजना गर्दै सुरु गरेको बताउदै तिलोत्तमा जेसिसलाई यहाँ सम्म ल्याई पु¥याएका पुर्व अध्यक्षहरुलाई सम्मान गर्दै कार्यकालको सुरुवात गरेको बताउनुभयो ।
पुर्व अध्यक्ष सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं तिलोत्तमा नगरपालीकाका नगरप्रमुख राम कृष्ण खाणले समृद्ध तिलोत्तमा नगर निमार्णमा सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले जेसिसले समाजमा रहेर युवाहरुलाई विभिन्न सामाजीक, मानविय सेवाका कार्यहरुमा जोड्नुका साथै युवाहरुमा रचनात्मक र सृजनशिलताको बिकास गर्नु पर्नेमा जोड दिनुभयो ।
जेसिस बर्ष २०२३ का लागी तिलोत्तमा जेसिसको आतिथ्यतामा सम्पन्न हुन लागेको क्षेत्र घ सम्मेलनको सन्र्दभमा बोल्दै उहाँले नगर भित्र कुनै पनि व्यवसायीक एव सामाजीक संघ सस्थाले संचालन गर्ने राष्ट्रिय महत्वको कार्यक्रम तिलोत्तमा नगरपालीकाको पहिचान सँग जोडिने बताउदै तिलोत्तमा जेसिसले अयोजना गर्न लागेको नेपाल जेसिसको क्षेत्र घ सम्मेलन सम्पन्न गर्न नगरपालीकाले पुर्ण सहयोग गर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा तिलोत्तमा जेसिसका सस्थापक अध्यक्ष बिनोद ढकाल पुर्व अध्यक्षहरु बिनोद सुवेदी, निशान बाबु कार्कि, जिवन गौतम, यादव भट्टराई, इश्वर पाण्डे, जय प्रकाश भट्टराई, लोक प्रसाद भण्डारी ( राजु ), बासुदेव शर्मालाई सम्मान गरिएको महासचिव महेश शर्माले बताउनुभयो । साे कार्यक्रम तिलोत्तमा जेसिजका महासचिव महेश पौडेलको संचालनमा भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)