Logo बिहिवार, आश्विन १ गते २०८३
images

अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

  • 1.1K
    SHARES

  • अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

    बुटवल,माघ २७ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।  

    देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने बताउनुभयो ।

    देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।

    उहाँले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताउनुभयो। उहाँले बढ्दै गएको व्यापार घाटालाई कम गर्न उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ।

    राष्ट्रपति भण्डारीले पुँजीगत बजेट कम हुने र त्यो सबै खर्च हुन नसक्दा पुँजी निर्माणमा समस्या भएको बताउनुभएको छ। पछिल्लो समय लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेकोप्रति उहाँले चासो व्यक्त गर्नुभएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology