Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजदेखि विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन

आजदेखि विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन

  • 1.3K
    SHARES

  • आजदेखि विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन

    बुटवल,माघ २७ ।

    विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरू हुने भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

    महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत आउने विवेकशील साझाले जनाएको छ।

    विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्र र उनी वरिष्ठ उपाध्यक्ष रहेको दल राप्रपालाई भने महाधिवेशनमा निम्तो नदिइएको जनाएको छ। महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले उनले बताए।bebeksil.jpg

    महाधिवेशन शनिबारसम्म चल्नेछ। महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पुर्‍याउने तयारी रहेको उनले बताए। महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

    महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ।

    अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेबार छन्। विवेकशील साझामा रहेका पहिलेका अधिकांश नेताहरू पुनस् पार्टीमा सक्रिय हुन थालेका छन्। पार्टी छाडेर उनीहरू गत मंसिरको चुनावमा स्वतन्त्र रूपमा उम्मेदवारसमेत भएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology