Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

  • 3.4K
    SHARES

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

    धनगढी, माघ २६।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ। 

    निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पद्मुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलको नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो। उहाँलाई बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। 

    मुख्यमन्त्री बन्नुभएका ५१ वर्षीय शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो। उहाँले एक महिनाभित्र प्रदेश सदनबाट विश्वासको मत लिनु पर्नेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology