बुटवल,माघ २६ ।
पुर्व क्रिकेटर शक्ति गौचनको अगुवाईमा देवदहमा टफ बिकेट पिच निमार्ण भएको छ । पिच निर्माणका लागि देवदह नगरपालिकाको ३ लाख रुपैया र शक्ति गौचन आफैले स्थापना गरेको खेल विकास कोषबाट ८० हजार रुपैया बढी खर्च भएको हो । एक महिनाको निरन्तर श्रमदानपछि पिच तयार भएको क्रिकेटर शक्ति गौचनको भनाइ छ ।
‘क्रिकेट प्रतियोगिता र अभ्यासका लागि टफ विकेट पिच तयार भएको हो,यसबाट सबैले लाभ लिन सक्नुहुनेछ ।’–उहाँको भनाइ छ ।विगत लामोसमयदेखि क्रिकेट खेल्दै आएको सो क्षेत्रलाई आधुनिक क्रिकेट मैदानको रुपमा विकास गर्न डिपिआर तयार गरेर काम अघि बढाउने तयारी गरिएको छ ।
मैदानको केन्द्रबाट ७० मिटर डायमिटरमा २२ यार्ड रहेको मैदानको क्षेत्रफल ६ विगाहा भएकाले पनि राम्रो क्रिकेट मैदान बनाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । ग्रास रुट लेभलको खेलाडीहरुलाई पालिकास्तरमा क्रिकेट अभ्यासका लागि पनि मैदान जरुरी रहेको गौचनको भनाइ छ ।
सो पिचको एक समारोहका बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले शुभारम्भ गर्नुभयो । सो अबसरमा बोल्दै खरेलले खेलकुद विकासमा पालिकाबाट सहयोग गर्ने प्रतिवद्घता जनाउनुभयो ।
पुर्वाधारमा प्रदेश र संघिय सरकारसंग समेत समन्वय गर्ने उहाँको भनाइ छ ।उपयुक्त क्रिकेट मैदानको रुपमा विकास गर्न सरकारबाट थप लगानी जरुरी रहेको खरेलको भनाइ छ ।क्रिकेटर गौचनले प्रत्येक वर्ष फागुनमा आफनो स्वर्गिय बुबाको स्मृतिमा युवा क्रिकेटरहरुलाई प्लेटफर्म दिने रुपमा क्रिकेट प्रतियोगिता गराउदै आउनुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)