Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा वडा न. १ र २ का उपभोक्ता समितिलाई अभिमुखीकरण

तिलोत्तमा वडा न. १ र २ का उपभोक्ता समितिलाई अभिमुखीकरण

  • 1.5K
    SHARES

  • तिलोत्तमा वडा न. १ र २ का उपभोक्ता समितिलाई अभिमुखीकरण

    बुटवल,माघ २६ । 

    तिलोत्तमा नगरपालिकाले वडा न. १ र २ का उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    वडा नं. २ को कार्यालय शंकरनगरमा आयोजित अभिभुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरका योजनाहरु सहि ढंगले पारदर्शी,दीर्घकालीन र कानुनसम्बत निर्माणका लागि यसकिसीमको अभिमुखीकरण कार्यक्रम फलदायी हुने बताउनुभयो ।

    सो अबसरमा तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल लगायतले बोल्दै स्थानीय स्तरमा नागरिकको चासो बिना बिकास निर्माणको औचित्य नहुने बताउनुभयो । 

    अभिमुखीकरण कार्यक्रममा शाखा अधिकृत माधव प्रसाद पोख्रेल,वडाध्यक्षहरु फर्सुराम गिरी,डिलबहादुर भट्टराइ  तथा वडाभित्र रहेका बिभिन्न टोल समितिका पदाधिकारीहरुलाइ समेत योजना निर्माण,उपभोक्ता समितिका काम कर्तब्य अधिकार तथा काम गर्ने तरिका र बिधिका कारण सहजीकरण गरिएको थियो । ti.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology