Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा अग्निप्रसाद सापकोटा र पम्फा भुसाल

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा अग्निप्रसाद सापकोटा र पम्फा भुसाल

  • 1.5K
    SHARES

  • नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा अग्निप्रसाद सापकोटा र पम्फा भुसाल

    बुटवल,माघ २६ ।

    नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ।सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन्।

    अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना पुगेका छन्।

    माओवादीले पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाएको छ। महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा भुसाललाई उपमहासचिव बनाइएको थियो। 

    माओवादीले बुधबार सर्कुलर जारी गर्दै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ।माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष छन्।उपमहासचिवमा भने हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत छन्।

    त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य छन्।कोषाध्यक्षमा श्रीराम ढकाल छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology