Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पालिका स्तरीय फुटबल प्रतियोगितामा तिलोत्तमा नगरपालिका बिजयी

पालिका स्तरीय फुटबल प्रतियोगितामा तिलोत्तमा नगरपालिका बिजयी

  • 1.4K
    SHARES

  • पालिका स्तरीय फुटबल प्रतियोगितामा तिलोत्तमा नगरपालिका बिजयी

    तिलोत्तमा,माघ २५ ।

    स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ रुपन्देही जिल्ला दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको सफलता तिलोत्तमा नगरपालिकालाई प्राप्त भएको छ ।

    नेपाल निजामती कर्मचारी संगठन देवदह नगर ईकाई समितिको आयोजनामा आज देखि शुरु सो प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सियारी गाउँपालिकालाई तिलोत्तमा नगरपालिकाको तर्फबाट इन्जिनियर कल्याण जंग अधिकारीले १ गोल गरी नगरपालिकालाई जिताएका हुन्।

    खेलमा म्यान अफ द म्याच हुँदै तिलोत्तमा नगरपालिकाका कल्याण जंग अधिकारीले एक हजार नगद सहित शिल्ड प्राप्त गरेका थिए। खेलको पहिलो हाफ सम्म कुनै पनि गोल भएको थिएन तर दोस्रो हाफको १३ औ मिनेटमा कल्याण जंग अधिकारीले बलको सदुपयोग गर्दै एक गोल गरेका थिए।

    सियारी गाउँपालिकाको धेरै प्रयास भएपनि तिलोत्तामाका किप्पर राजु शर्माको बेजोड किपिंगले गोलहुन सकेन। प्रतियोगिता अन्तर्गत देवदह नगरपालिका र शुद्धोदन गाउँपालिका बीचको उद्घाटन खेलमा देवदहले शुद्धोदनलाई ३-० अन्तरले हराएको छ।

    पहिलो जितसंगै भोली तिलोत्तमा नगरपालिकाले छिमेकी नगरपालिका सिद्धार्थनगरसंग क्वाटरफाइनल खेल खेल्ने तिलोत्तमा नगरपालिकाका टिम म्यानेजर तथा प्रमुख लेखा अधिकृत रमेश बस्यालले जानकारी दिनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology