Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतगणना सुरु

राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतगणना सुरु

  • 1.0K
    SHARES

  • राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतगणना सुरु

    दाङ, माघ २५ ।

    राष्ट्रिय सभा उपनिर्वाचनका लागि भएको मतदानको गणना सुरु  भएको छ। निर्वाचनमा तीन सय ४ मत खसेको थियो । 

    लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख-उपप्रमुख दुई सय १७ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ।

    उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ।

    तीन सय ५ मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन। सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तहमा निर्वाचित हुनुभएको थियो। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology