बुटवल,माघ २४ ।
सुस्तमनःस्थिति बालविद्या मन्दिर बुटवलले बौद्धिक अपांगता भएका बालवालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
कार्यक्रममा लुम्बिनी सिटी अस्पतालका फिजिसियन डा. श्रीजन पन्थ,महिलारोग विशेषज्ञ डा.प्रदिपकुमार श्रीवास्तव,लुम्बिनी प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा. मनोज कुशवाह,मनोरोग विशेषज्ञ डा. एन्जिल क्षेत्री,पाल्पा डेन्टल क्लिनिक बाट दन्तरोग विशेषज्ञ डा. सुभाष भुसाल,तिलोत्ततमा प्राथमिक आंखा उपचार,चस्मा घरबाट नेत्ररोग विशेषज्ञ डा. प्रतिक्षा भण्डारी लुम्बिनी सिटी अस्पतालबाट फिजियोथेरापिष्ट डा.प्रेम तिवारी, डा.रसिला लामिछाने गौतम लगायतले बौद्धिक अपांगता भएका बालवालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
१ सय २० जनाले स्वास्थ्य परिक्षण गरेको सुस्त मनस्थिपिती बाल विद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले जानकारी दिनुभयो ।परिक्षण पछि बालबालिकालाई निःशुल्क औधषी वितरण गरिएको प्रधानाध्यापक मिना भुसाल पाठकले बताउनुभयो ।
संस्थाका अध्यक्ष लोकनाथ भुसालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पन्थीले बौद्धिक अपांगता एकदमै जटिल हुने भएकाले बालबालिकाहरुको बिशेष हेरचाह गर्नुपर्ने बताउनुभयो ।
सो अबसरमा लुम्बिनी सिटी अस्पताल,नेशनल प्याथल्याव,लुम्बिनी प्रादेशिक अस्पताल,सिद्धार्थ फर्मास्यूटिकल प्रालि. पाल्पा डेन्टल क्लिनिक,सुर्योदय ड्रग हाउस, खेम इन्टर प्राईजेज,डेनिश हेल्थ क्लिनिक,न्यू तिलोत्तमा प्राथमिक आंखा उपचार,चश्मा घर लगायतले औषधी र प्राविधिक गरेका थिए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)