Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’आजदेखि भृकुटीमण्डपमा सुरु

‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’आजदेखि भृकुटीमण्डपमा सुरु

  • 1.6K
    SHARES

  • ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’आजदेखि भृकुटीमण्डपमा सुरु

    काठमाडौं, माघ २४ ।

    ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।

    मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएकी छन्।उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न सरकारले आवश्यक कानुन बनाउन लागिरहेको बताएकी हुन्।

    उनले त्यसका लागि सुझाव दिन पनि सम्बद्ध सबैमा आग्रह गरिन्। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गरिन्। उनले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्त्वाकांक्षी योजनाहरू अघि सार्ने योजना पनि सार्वजनिक गरिन्।

    ‘हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरूबारे छलफल गरिरहेका छौँ,’ उनले भनिन्, ‘हामी यस क्षेत्रका सम्बन्धित कानुनहरू छिटोभन्दा छिटो संसद्‌मा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर लागिरहेका छौँ।’

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

    माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र  करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology