बुटवल,माघ २३ ।
नेपाल बिद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा प्रथम अधिवेशन भएको छ ।अधिवेशनले शंकर भुसालको अध्यक्षतामा १९ सदस्यीय इकाइ समिति गठन गरेको छ ।
जस्को बरिष्ठ उपसभापतिमा कुल्दीप तिवारी,उपसभापतिमा संचिता अधिकारी अमित पाण्डे,निरन नेपाल,रचना खनाल,सचिवमा पवित्रा पाैडेल,सहसचिवमा अरुणा पाैडेल,करिष्मा खनाल,सुमन तिमिल्सिना,सरिता पुडासैनी,कोषाध्यक्षमा दिलिप बस्याल चयन भएका छन् । सदस्यहरुमा सिर्जना गैरे, दिपा ज्ञवाली, प्रशन गाैतम,सुशिल पाैडेल र सामना खनाल रहेका छन् । 
जिल्ला सभापति सन्दिप पाण्डेको नेतृत्व तथा नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा न १२ का सभापति धर्मराज शर्माको प्रमुख आतिथ्यमा सो क्याम्पसमा विद्यार्थी भेला भएको हो ।
सो अवसरमा बोल्दै सभापति पाण्डेले नेविसंघ कांग्रेसको नर्सरी भएको भन्दै यसलाइ सही ढंगले अगाडी बढाउनुपर्ने बताए । प्रमुख आतिथि धर्मराज शर्माले कांग्रेसको बिरासत र इतिहास बुझेर नेविसंघमा सक्रिय हुनुपर्ने बताए ।
साे अवसरमा जिल्ला सभापति पाण्डेले नेविसंघ सदस्यता कार्ड पनि हस्तान्तरण गरेका थिए ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)