Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समाजसेवी तिवारीद्वारा भानु माविलाई एघार लाख आर्थिक सहयोग

समाजसेवी तिवारीद्वारा भानु माविलाई एघार लाख आर्थिक सहयोग

  • 1.6K
    SHARES

  • समाजसेवी तिवारीद्वारा भानु माविलाई एघार लाख आर्थिक सहयोग

    कौरव खत्री /गुल्मी ,माघ २३ ।

    बागलुङ बडिगाडको भानु माध्यमिक विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग थपिदै गएको छ ।

    बडिगाड गाँउपालिका ५ग्वालिचौर टारी,स्थित रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. ५ ग्वालिचौर ताहाल निवासी हाल अमेरिकीमा कर्मथलाे बनाउदै आउनु भएका विद्यालयका भुतपुर्व विद्यार्थी शिक्षाप्रमी एवम् समाजसेवी  महलाल तिवारीले विद्यालयको लागि कुल  ११ लाख,११ हजार,१ सय,११ रुपैँया आर्थिक सहयोग  प्रदान गर्नुभएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।tiwari.jpg

    साथै हिरक महोत्सवको अवसरमा आर्थिक संकलन अभियानबाट हालसम्म विभिन्न व्यक्तिहरुबाटहालसम्म  विद्यालयमा करिव २ करोड २० लाखको चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।

    विद्यालय स्थापना भएको ६०औं  बर्ष पुरा गरेको अवसरमा “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार”भन्ने मुल नारा सहित हिजाे अर्थात  साेमबार देखी  विद्यालयमा हिरक महोत्सव शुरू भएकाे  विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो । साथै हिरक महाेत्सव यहि माघ २८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएकाे  छ ।

    विद्यालयमा प्राविधिक शिक्षा,छात्राबासको सुविधा,निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन,विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित हिरक महोत्सव सञ्चालन गरिएको महाेत्सव  मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।

    साथै हिरक महोत्सवका अवसरमा विद्यालयमा संस्थापक,शैक्षिक,आर्थिक,भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पु¥याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक,शिक्षक,कर्मचारी,पूर्व विद्यालय व्यवस्थापान समिति,शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने र महोत्सवमा शैक्षिक,खेलकुद तथा साँस्कृतिक कार्यक्रम,हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने  विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।

    २०१९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology