Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछानेले भने- ‘मिडियाका १२ भाइले अब मलाई पासपोर्टमा फसाउँछन् !’

रवि लामिछानेले भने- ‘मिडियाका १२ भाइले अब मलाई पासपोर्टमा फसाउँछन् !’

  • 1.5K
    SHARES

  • रवि लामिछानेले भने- ‘मिडियाका १२ भाइले अब मलाई पासपोर्टमा फसाउँछन् !’

    काठमाडौँ,माघ २२ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘मिडियाका १२ भाइले’ आफूलाई खेदेको आराेप लगाएका छन् । उनले ती १२ भाइले पासपोर्टमा फसाउन खोजिरहेको आरोप समेत लगाए।

    उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने,- ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए।

    ‘उनीहरुबीच मिटिङ भइसक्यो। मिलिसके। फौजदारी मुद्दामा फसाउन सकिन्छ भन्ने लागिसक्यो, ‘यति भनेपछि १२ भाइलाई पासपोर्टमा केन्द्रित हुन्छन्’, लामिछानेले भने।

    लामिछानेले पत्रकार सम्मेलनको अधिकांश समय कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाल लगायतको नामै लिएर आलोचना गरे। 

    उनले यी मिडिया हाउससँग जोडिएको भन्दै विभिन्न घटनाक्रमहरू पनि सार्वजनिक गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology