Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मिलेको पार्टी फुट्नु र मानिस जन्मिएपछि मर्नु उस्तै हाे : नेकपा उपाध्यक्ष बामदेब गौतम

मिलेको पार्टी फुट्नु र मानिस जन्मिएपछि मर्नु उस्तै हाे : नेकपा उपाध्यक्ष बामदेब गौतम

  • 4.1K
    SHARES

  • मिलेको पार्टी फुट्नु र मानिस जन्मिएपछि मर्नु उस्तै हाे : नेकपा उपाध्यक्ष बामदेब गौतम

    दाङ,मंसिर ७ ।

    सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेब गौतमले नेपाका विभाजन भएपनि त्यसलाई स्वभाविक मान्नु पर्ने आशय व्यक्त गर्नु भएको छ ।

    शनिवार तुलसीपुर उपमहानगरपालिकामा अगुवा कार्यकर्तालाई सम्वोधन गर्दे उपाध्यक्ष गौतमले मिलेको पार्टी फुट्नुलाई मानिस जन्मिएपछि मर्नु संग तुलना गर्नु भएको हो ।

    विधानमा दूई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहेपनि दूई अध्यक्षका बीचमा उत्पन्न तिक्तताले गर्दा बैठक बस्न नसकेको उहाँले बताउनु भयो ।त्यस्तै पार्टी भित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वाँलहरुवाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सृजना भएको उपाध्यक्ष गौतमको भनाई छ ।
    तर उहाँले पछिल्लो समय पार्टीमा समस्या उत्पन्न भएको र त्यो समाधान गर्ने प्रयास भइरहेको बताउनु भयो ।इमान्दार कार्यकर्ताले उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न भनेर बारम्बार आफुलाई खवरदारी गरिरहेको उपाध्यक्ष गौतमले बताउनु भयो ।

    त्यस्तै उहाँले स्थापित मिडिया नै प्रतिपक्षीको भूमिका रहेर पार्टी विभाजनमा लागेको दोषारोपन गर्नु भयो । कार्यक्रमलाई नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सम्वोधन गर्नु भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology