Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश सभाको स्थापना दिवसमा बुटवल उद्योग वाणिज्य संघलाई सम्मान

लुम्बिनी प्रदेश सभाको स्थापना दिवसमा बुटवल उद्योग वाणिज्य संघलाई सम्मान

  • 978
    SHARES

  • लुम्बिनी प्रदेश सभाको स्थापना दिवसमा बुटवल उद्योग वाणिज्य संघलाई सम्मान

    बुटवल,माघ २२ ।

    लुम्बिनी प्रदेश सभाले बुटवल उद्योग वाणिज्य संघ रुपन्देही सहित बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेको छ ।

    लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसको अवसरमा शनिबार प्रदेश सभा परिषर दाङ्को देउखुरीमा आयोजित समारोहमा प्रदेश सभा स्थापनामा उल्लेखनीय योगदान गरेको बुटवल उद्योग वाणिज्य संघ सहित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशन, बुटवल महिला जेसीज र मानव सेवा धर्म समितिलाई सम्मान गरेको हो ।

    प्रदेश सभा स्थापना गर्दा यी संघसंस्थाले भवन सहितका पुर्वाधार प्रदान गरेका थिए । जसअनुसार बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश सभा, कार्यालय भवनमा प्रदेश सभा सचिवालय सञ्चालन भएको थियो ।

    त्यस्तै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको भवनमा संसदीय दलको कार्यालय, बुटवल महिला जेसीजको भवनमा पुस्तकालय र संसदीय दलको कार्यालय तथा मानव सेवा धर्म समितिको भवनमा विषयगत समितिको कार्यालय र परिषरमा पार्किङ व्यवस्थापन गरिएको थियो ।

    कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री लिला गिरी र सभामुख तुलाराम घर्ती मगरले कृतज्ञता पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology