Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्थापना दिवसमा प्रेस चौतारीद्वारा बुटवलमा रक्तदान,२५ युनिट रगत संकलन

स्थापना दिवसमा प्रेस चौतारीद्वारा बुटवलमा रक्तदान,२५ युनिट रगत संकलन

  • 1.1K
    SHARES

  • स्थापना दिवसमा प्रेस चौतारीद्वारा बुटवलमा रक्तदान,२५ युनिट रगत संकलन

    बुटवल, माघ २२ ।

    प्रेस चौतारी नेपालले विभिन्न कार्यक्रम गरी आज २५ औं स्थापना दिवस मनाएको छ ।  चौतारी रुपन्देहले स्थापना दिवसको अवसरमा बुटवलमा आज रक्तदान कार्यक्रम गरेको हो  ।

    रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्वेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी गराएका छन् ।

    रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिए । स्थापना दिवसकै अवसरमा चौतारीले शनिबार तिलोत्तमामा चौतारी मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

    blood.jpg

    चौतारीको केन्द्रीय समितिले घोषणा गरेका विभिन्न शिर्षकका पुरस्कार आज वितरण हुँदैछन्  ।

    सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालका अनुसार ह्दयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार बुटवलका पत्रकार डा. बालकृष्ण चापागाईलाई प्रदान गरिने छ ।अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ ।
    सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई प्रदान गरिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology