बुटवल,माघ २१ ।
आज बुटवलमा विश्व क्यान्सर दिवस मनाइएको छ । प्रत्येक बर्षको फेब्रुअरी ४ तारीखलाई विश्व क्यान्सर दिवसको रुपमा मनाउने चलन रहेको छ । हेरचाहमा हुने असमानताको अन्त्य गरौं भन्ने विस्वव्यापीका मुल नाराका साथ मनाइएको हाे ।
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही जिल्ला शाखाले आज बुटवलको मिलनचोक नयाँ बसपार्क क्षेत्रको मुख्य राजमार्गमा क्यान्सर रोगका बिषयमा जनचेतनामूलक प्लेकार्ड प्रदर्शन कार्यक्रम गरेको छ ।
संस्थाका जिल्ला सभापति खिम बहादुर हमालले सहभागीलाई जनचेतनामूलक प्लेकार्ड हस्तान्तरण गर्दै औपचारिक शुरूवात भएको उक्त कार्यक्रममा यस क्षेत्रमा कृयाशिल लायन्स क्लब अफ बुटवलतिलोत्तमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी, लायन्स क्लब अफ शंकरनगर बाटिका, लायन्स क्लब अफ बुटवल देबिनगर, लायन्स क्लब अफ ज्योति, मानव अधिकार तथा शान्ति समाज, फुलवारी गाईज, स्वयंसेवीका महिला समूह, ग्लोरी बोर्डिङका विद्यार्थीहरु, उद्योगी, व्यवसायी, पेशाकर्मी, तरुण युवाहरु, स्वास्थ्यकर्मी लगायतको उल्लेख्य उपस्थिति भएको कार्यक्रम संयोजक एवं संस्थाका उपसभापति बीना न्यौपानेले जानकारी दिनुभयो ।
देश, समाज र पुरै विश्वलाई क्यान्सर रोगबाट हुने जोखिम र जनधनको सम्भाबित क्षति न्यूनीकरणका लागि नागरिक समाज र राज्य पक्षले सहकार्य गर्नुपर्ने संस्थाका सचिव प्रजापाल गिरीले बताउनुभयो ।
कार्यक्रममा चिकित्सकहरु डा एन बि थापा, डा युवराज शर्मा भण्डारी लगायत संस्थाका सल्लाहकार मधुसूदन गैह्रे, सह कोषाध्यक्ष पुनम पौडेल, सद्स्यहरु हरिप्रसाद अर्याल, रमेश पराजुली, इन्दिरा पाण्डे, निमा थारु लगायतको उपस्थिति थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)